images
images
  • समय तालिका बनाएर अषाढ मसान्तसम्म काम सम्पन्न गर्न लागिपरिरहेका छौँ : प्रमुख संजिव कुमार साह

    पुर्वाधार विकास कार्यालय गौरका प्रमुख संजिव कुमार साहसंग गरेको जिल्लाका विकास निर्माण सम्बन्धि अन्तरर्वाता प्रस्तुत छ ।

    १. जिल्लामा सञ्चालित योजना कसरी आगाडी बढेका छन ?
    – पुर्वाधार विकास कार्यालयबाट सञ्चालन हुने सम्पुर्ण आयोजनाहरु यस जिल्लामा १८ वटा स्थानीय तहहरु रहेको छ । लगभग सम्पुर्ण स्थानीय तहमा सम्पूर्ण प्रदेश सभा निर्वाचन क्षेत्रमा योजना वितरणको अनुपात लगभग समान्य रहेको छ । आयोजना अनुगमन गर्दा मैले के पाए भने गुणस्तर र परिमाण दिने कुरामा सबै उपभोक्त समिति, सबै सरोकारबाला, उपभोक्ता समिति र सबै स्थानीय तह सजग छन । गुणस्तर र अनुपात मेनटेण्ट गर्नुभनि रहँदा वहाँहरु स्वयं योजना लक्ष्य अनुरुप अघि बढिरहेको र सजग रहेको पाएँ ।

    २. जिल्लामा योजनाका काम कसरी आगाडी बढेको छ ?
    – बहुवर्षिय योजना अषाढ भित्र सक्ने योजना बढि छन । भौतिक पुर्वाधार विकास मन्त्रालयबाट अख्तियारी प्राप्त हुन समय लागे पनि प्राप्त सबै योजनाका काम समयमा सम्पन्न गराउन यस कार्यालयका सबै साथीहरु दिन रात लागेर काम गरी रहेका छन । दिउँसो अफिस र फिल्ममा खटिने र राती आफनो कोठामा समेत काम गरेर रिपोर्ट बनाउनु हुन्छ । हामी सम्झौता गर्ने बेलामा नै समय तालिका बनाएर दिएका हुन्छौ । त्यसकै आधारमा काम गाडी बढेका छन । द्रुत गतिमा समयमा नै सबै लक्षित योजनाहरु सम्पन्न गर्न लागि रहेका छौँ ।

    ३. आयोजनाको गुणस्तरियता कायम गराउन के विधि प्रकृया अपनाउनु हुन्छ ?
    – गुणस्तरीय बनाउनका लागि हामीले निर्माणका चरणमा ल्याव टेस्ट गर्दछौ । ल्याव टेस्टमा गुणस्तरीय नभएपछि आयोजनाको भुक्तानी तथा निर्माण लगायत सम्पूर्ण प्रकृया रोक्का राख्ने गर्दछौं । आयोजनाको गुणस्तरीयताको सुनिश्चितता गरिसके पछि भुक्तानिको प्रकृयामा जान्छ । ल्यावटेस्ट भई सकेको अवस्थामा पनि आफैले ल्याब टेस्टको उपकरण आयोजना स्थलमा लगी परिक्षण गर्ने गरेको छु । बहु वर्षिय आयोजनाको हकमा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत एउटा आयोजना वाहेक लगभग सबै सम्पन्न भई सकेका छन । एउटा आयोजना विवादका कारण विलम्ब हुन गएका छन । त्यसमा पनि ८५ प्रतिशत काम सम्पन्न भई सकेका छन ।

    ४. रौतहटको सडक संजालमा पुर्वाधार विकास कार्यालयबाट निर्माण भएका सडकहरुको कस्तो योगदान छ ?
    – सबै स्थानीय तहहरुमा साईट हेर्नेजाने क्रममा पुर्वाधारहरुको उपलब्धता मैले राम्रो पाए । प्रदेश सरकारले गरेको आयोजनामा एक निर्वाचन क्षेत्र एक सडक लोकप्रिय कार्यक्रम रहेको छ । त्यस अन्तरगत रौतहटमा सडक बनी सकेका कारण अन्य जिल्लाका तुलनामा हामी आगाडी छौ । त्यसको लागि म रौतहट जिल्लावासीलाई म धन्यवाद दिन चाहन्छु।
    आर्थिक वर्ष २०८१/०८२ देखि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम फेरी रहेका छन ।त्यस अन्तरगत मधेस प्रदेशमा तीन सय बीस किलोमिटर सडक निर्माण हुने छ । यस जिल्लामा प्रत्येक क्षेत्रमा पाँच पाँच किलो मिटर सडक स्वीकृत भएको छ । प्रत्येक आयोजनाको लागि प्रदेश सरकारले तीन तीन करोड रुपैयाँ बजेट विनियोजन गरि सकेको छ । त्यसको ठेक्का पट्टा भई निमार्ण कार्य आगाडी बढने छ । सडक पुर्वाधारको कुरा गर्दा सडक संजाल आर्थिक सामाजिक विकासको लाईफलाईन रहेको छ । सडकसंग आयआर्जन सामाजिक सम्बन्ध विकासका अरु सुचांकहरु भौतिक पुर्वाधारसंग सम्बन्धित रहेकोले यसमा मधेश सरकारले बढि गम्भीर भई जोड दिएका छन । एक निर्वाचन क्षेत्र एक सडक, एक निर्वाचन क्षेत्र एक पुल कार्यक्रम, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम, मधेश सहिद लोकमार्ग, प्रदेश सहायक लोकमार्ग जस्ता आयोजनाहरु आगामी आर्थिक वर्ष देखि सञ्चालनमा हुने छन । जसअन्तरगत स्तरीय सडक निर्माण भई जिल्लाका सडक संजालमा थप टेवा पुग्ने छन ।

    ५. जिल्लामा निर्माण भएको र भई रहेको सडकको स्तरीयताको बारेमा के भन्नु हुन्छ ?
    – नेपालको सविधानले स्विकार गरेको तीन तहको सरकारको सहकार्य, समन्वय र सहअस्तित्वको सिद्धान्तमा चल्ने भनी परिकल्पना गरेको बुझिन्छ । जस अनुरुप चल्ने कुन काम कस्ले गर्ने कुन सडक कस्ले गर्ने आम जनमानसमा हुनु स्वभाविक हो । यसमा मधेश प्रदेश सरकार सजग भएर भौतिक पुर्वाधार विकास मन्त्रालय जो सडकको विशेष जिम्मेवारी लिएका मन्त्रालय छन । जसबाट प्रादेशिक सडक सुधार गुरुयोजना स्वीकृत भएको छ । यसलाई बैधता दिन भौतिक विकास मन्त्रालय लागेको छ । जुन स्तरिय रुपमा हुनु पर्ने हो त्यो यहाँको सडकमा हेर्न पाईदैँन । हामी सरोकारवालाले स्तरीय सडकका लागि मन्त्रालयलाई पटक पटक पुर्वाधार कार्यालय रौतहटले पत्राचार गरेको छ । प्रदेश सरकारले गर्ने आयोजनाहरु प्रदेशले तोकेको मापदण्डअनुसार हुनु पर्दछ । यसमा प्रदेश सरकारले एउटा ऐन पनि बनाएको छ । प्रदेश सडक ऐन २०७६, प्रादेशिक सडक कस्तो हुने ? कुन सडकलाई प्रादेशिक सडक मान्ने ? यी सडकका सबै क्षेत्राधिकार बनिसकेको छ । यो क्षेत्राकार अनुसार नै प्रादेशिक सडक संजाल गुरुयोजना स्विकृत भएको छ । अब आउने बर्षहरुमा यहि क्राईटेरिया अनुसार सडक छनौट गरी प्रदेश सडक निर्माणमा लगि अझै व्यवस्थित सडक निर्माण हुनेछ भनी आशा गरेको छु ।

    ६. जनता आवास तथा महेन्द्र नारायण निधि आवास आयोजना यश जिल्लामा कसरी आगाडी बढि रहेका छन ?
    – विगतमा प्रदेश भवन तथा शहरी विकास कार्यालयले पुर्वाधार विकास अन्तरगत कै शहरी विकास तथा भवन कार्यालयबाट जनता आवास र महेन्द्र नारायण निधि आवास कार्यक्रमको नामले दलित गरिब जनजाति पिछडिएको समुदायहरुको लागि अवास निर्माण कार्यहरु भई रहेको थियो । यो आर्थिक वर्षमा मधेस प्रदेश सरकारको निर्णय अनुसार हाम्रो यसै कार्यालयमा त्यो कार्यालाय मर्ज भई सकेको हुदा यो कार्यालयले जनता आवास तथा महेन्द्र निधि आवासमा कार्य थालनि गरेको छ । हाल यो वर्ष जनता आवास कार्यक्रममा ५० लाख रुपैया मात्र विनियोजन भएकोले तीन करोड पचास लाख दायित्व सृजना गरि सकेको हुदा अहिले जनता आवासको निर्माण गरि सकेको आवासलाई भुक्तानी गर्न हामीलाई समस्या भएको हुदा पटक पटक हामीले मन्त्रालयलाई अनुरोध गरेका छौ कि तर संघिय ससर्त आयोजना भएकोले थप गर्न सकिएन । अब नयाँ आर्थिक वर्षमा यसमा तीन करोड चालिस लाख रुपैयाँ थप आएको छ । यसबाट समस्या सामाधान हुने छ । महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तरगत पनि यो जिल्लाका लागि एक करोड रुपैयाँ आएको छ । आउने आर्थिक वर्षमा समस्यामा रहेका दलित जनजातिहरुका लागि सम्बोधन हुनेछ। मधेश सरकारले दलित जनजातिका लागि एउटा थप नयाँ कार्यक्रम ल्याएकोमा धन्यवाद दिनु पर्दछ । मदन भण्डारी आवास कार्यक्रम त्यस अन्तरगत पनि एक करोड बजेट विनियोजन भएको देखिन्छ । र यस अन्तरगत पनि आवास नभएको परिवारको आवास निर्माण गर्ने लक्ष्य लिएका छौ ।

    ७. काम भई रहेका आयोजनाको स्तरीयताको सम्बन्धमा केही भन्नु छ ?
    –पुर्वाधार विकास कार्यालयबाट दुईबटा उदेश्य राखेर काम भई रहेका छन । त्यो उदेश्य मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्रालयले राखेका उदेश्य नै हो । उदेश्य के हो भने स्थानिय तहबाट हुन नसकेका आयोजनाहरु सम्पन्न गरी दिने र अर्को प्रदेशस्तरीय आयोजनाहरु दुई पालिकाको बिचमा पर्ने वा जोडने आयोजनहरु, ठुला आयोजनाहरु दुई वा दुई भन्दा बढि स्थानीय तहलाई जोडने सडक, जिल्ला सदरमुकाम जोडने सडकहरू, यस्ता आयोजनाहरु प्रदेश सरकारबाट सञ्चालन हुँदै आएको छ । गाउँपालिका नगरपालिकाले गरि रहेको विकास काममा थप टेवा पुग्ने गरी गरिरहेको काममा स्थानीय मापदण्ड अनुसार काम गरि रहेका छौ । त्यसबाहेक प्रादेशिक रुपमा काम गरिरहेका सडकहरू तथा भवन सम्बन्धि कामहरू हामीले प्रदेशको सडकको मापदण्ड तथा अन्य मापदण्डहरु प्रदेशका सर्कुलरबाट आएका मापदण्डलाई अवलम्बन गर्दै काम गरी रहेको छु । मधेश प्रदेश सरकारले पुर्वाधार विकास निर्देशनालय स्थापना गरेको छ निर्देशनालयले सबैको मापदण्ड बनाउने चरणमा छ । मापदण्ड यसका क्राईटेरिया निर्धारण भई सकेपछि पुर्वाधार विकास कार्यालयबाट त्यो स्तरीयता पक्कै मेन्टेण्ट हुनेछ ।

    ८. यहाँ दरबन्दी अनुसारको कर्मचारी छन ?
    – राम्रो प्रश्न गर्नु भएको छ । यहाँ दरबन्दी अनुसारको कर्मचारी छैन ।तर हामीले सम्पादन गर्नु पर्ने काम पुग्ने जति कर्मचारी पर्याप्त छन । टुक्रे आयोजना कम भई दिएको भए झन सहज हुने थियो । दक्ष प्राविधिक बढि प्रयोग गर्न पाउने थियौँ । योजना बढि भएपछि उपभोक्ता समितिमार्फत काम हुने भएपछि विवाद हुने सम्भावना बढेर जान्छन । विवाद सामाधान गर्ने तर्फ पनि बढि समय खर्च गर्नु पर्ने हुन्छ । दक्ष प्राविधिकलाई यसरी समयको अभाव हुन जान्छन । अर्को आर्थिक वर्षको अन्त तिर काम गर्ने परिपाटीको कारणले पनि एकै पटक सबै योजना सम्पन्न गर्ने कार्य बोझ आएको हुनाले पनि वर्क लोड बढेर जान्छ । आर्थिक वर्षको सुरुवात देखि नै कार्यको तयारी खरिद योजनाहरुको स्वीकृति, समयमा निर्माणकार्यलाई समझौता गर्ने वा ठेक्कामा लगाउने काम गर्ने हो भने हामी सँग प्रयाप्त जनशक्ति कार्यालयमा रहेको जस्तो लाग्दछ ।

    ९. रौतहटको जनप्रतिनिधिको विकास प्रति चाहना कस्तो छ ?
    – रौतहट जिल्लामा आएको एक महिना जति भयो म आएको त्यस बेला विकास निर्माणका काम आगाडी बढि सकेको थियो । विकास निर्माणकार्य प्रति सबैको चाहना भएपछी विवाद स्वभाविक नै थियो । रौतहट जिल्लाका राम्रो पक्ष मैले के पाए भने यहाँका सबै जसो जन प्रतिनिधिहरु विकास गर्न लालायित छन । कति छिटो आफनो ठाउँलाई राम्रो बनाई दिउँ स्तर उन्नति गरौ । आम जनताको आय आर्जन वृद्वि गरौँ पुर्वाधारहरुको गुणस्तरीय निर्माण गरी दिउँ भनि चाहना मैले पाए । त्यसपछि सुरक्षा संयन्त्रहरु प्रमुख जिल्ला अधिकारीज्यु वहाँलाई मैले जनता अवासको तालाबन्दी भएको बेलामा एक पटक मात्र फोन गर्दा खेरी वँहाले मलाई पटक पटक फोन गरि समस्या सामाधान गर्न लगातार तीन दिन समय दिनु भयो । समस्या समाधान भई ताल्चा खुल्यो । सुरक्षा निकायका सबै सरहरु सिरियस हुनु हुन्छ । सबै जनाले मलाई सहयोग गर्नु भएको छ । कुनै विवाद भएको बेलामा यहाँका स्थानिय व्यक्तिले मलाई सहयोग गर्नु भएको छ । समस्या समाधान भर्इ विकास होस । विकासमा कोही कसैले राजनीति नगरुन भन्ने चाहना जनप्रतिनिधि भएको हुदाँ सबै असल सहयोगी व्यक्तित्वहरु मैले पाए ।

    १०. जिल्लामा सञ्चालनमा रहेका योजना बारे के भन्न चाहनु हुन्छ ?
    – हामीले गर्ने विकासका काम सडक र भवनसंग सम्बन्धित छ । हामीले हाम्रो मन्त्रालयको उदेश्य प्रदेश सरकारको नीति अनुसार जिल्लागत रुपमा काम गर्ने हुन्छ । हामीले प्रदेश सरकारको उदेश्य अनुरुप नै सवै आयोजनाहरु विपद जोखिम न्युनिकरण वातावरण मैत्री, लैंगिक मैत्री, सस्टेनेवल डेभलपमेण्ट गोलमा टेवा पुग्ने, सामाजिक आर्थिक विकासमा पुर्वाधार बनाउने दलित पिछडिएका जनताहरुको आवास बनाउने मठमन्दिर लगायतका भवनहरु बनाउने । यस्ता सामाजिक र आर्थिक विकासको पुर्वाधार बनाउने कार्यमा हामी लागेका हौ ।हाम्रो मधेश प्रदेसको लागि जुन कम विकसित ठाउँ छन । यसको लागि यो पुर्वाधारका कामहरु पक्कै नै ठुलो महत्त्वपूर्ण हुने महशुस गरेको छु । यहाँ काम गर्दे जादा मैले व्यक्तिगत रुपमा के महशुस गरेको छु भने, यहाँका सबै जनाले मलाई सहयोग गर्नु भएको छ । एक महिनामा यति सहयोग हुन्छ भने मैले अपेक्षा गरेको थिइन । यसमा सबै कर्मचारी साथीहरूले सहयोग गर्नु भएको छ । सबै काम समयमा सम्पन्न गर्नु भएको छ। सेवाग्राही तथा विकास कार्यसंग सम्बन्धित उपभोक्ता तथा जनप्रतिनिधिहरु सबैलाई सन्तुष्टि हुने गरी यहाँ काम भई रहेको छ । यस कार्यालयबाट प्लानिङग–वेमा काम अगाडि वढाउने विश्वास दिलाउन चाहन्छु । समस्या सामाधान हुने खालका सकारात्मक दिशामा काम रिजल्ट दिने तरिकाले सञ्चालन भैरहेका पुर्वाधारलाई मर्मत गरी सञ्चालनमा ल्याई लाभ हुने वातावरण बनाउने प्रतिवद्वता व्यक्त गर्न चाहन्छु ।

    ११. अन्तमा के सन्देश दिन चाहनु हुन्छ ?
    – यहाँको मिडियाको मार्फत मलाई सुन दिने सबैलाई विकासको काममा हामी सकारात्मक भएर लाग्नु पर्छ । आजको विकास भोलीको उत्पादन दिने अथवा आउने सन्ततिका लागि प्रयोग हुने खालका विकास हामीले गर्नु पर्दछ । आज हुने मिहेनत जिल्लाको लागि मधेश प्रदेशका लागि यो राष्ट्रका लागि फलदायी होस भने चाहनाले हामी काम आगाडी बढाउनु पर्छ र रौतहट जिल्लालाई अन्य जिल्लाका तुलनामा हामी सबै मिलेर बढि काम गरौ । बढि विकास होस, समय मै स्तरीय र गुणस्तरीय निर्माणकार्य सम्पन्न होस यसका लागि सबैको सहयोग आवश्यक हुन्छ । सबैले सहयोग हुने आशा अपेक्षासहित यहाँको मार्फत सबैमा अनुरोध गर्दछु ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै