images
images
  • गोली लागेका ट्रम्पले भने– ‘गड ब्लेस अमेरिका’

    काठमाडौँ– गोली प्रहारबाट घाइते भएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको द्रूत प्रतिक्रियाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समार्फत पेन्सलभेनिया राज्यमा आयोजित कार्यक्रममा भएको गोलाबारीमा उनीहरुले तत्काल स्थितिलाई नियन्त्रणमा लिएको भन्दै धन्यवाद व्यक्त गरेका हुन् ।

    उनले गोली प्रहारबाट र्‍यालीमा मारिएका एक व्यक्तिका परिवार र गम्भीर घाइते भएका अर्का व्यक्तिको परिवारमा समवेदना प्रकट गरेका छन् ।

    उनले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको थियो । मलाई तुरुन्तै थाहा भयो कि केही गडबड भइरहेको छ । मैले गोलीको आवाज सुनेँ, छाला छेडेको महसुस गरेँ । धेरै रक्तश्राव भयो, मैले केही भइरहेको छ भन्ने थाहा पाएँ । ‘गड ब्लेस अमेरिका !’

    ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै