images
images
  • भोटेकोशी–१ जलबिद्युत आयोजनाबाट अवरुद्ध सडक पन्छाइयो

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । भिषण बाढी पहिरोले अवरुद्ध कोदारी–बाह्रबिसे सडकखण्ड भोटेकोशी–१ जलबिद्युत आयोजना (४० मेगावाट) ले माटो, ढुंगा, लेदो सहितको पहिरो पन्छाएको छ । सडकमा अवरोध हटाएपछि सडक सूचारु भएको हो ।

    बाढीपहिरोले अवरुद्ध लिपिङ, सिरिचौर, झिर्पु, डाक्लाङ सडकखण्डको अवरोध हटाई सडक सुचारु गरिएको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिनुभयो । आयोजनाले २ वटा एक्साभेटर, ६ वटा ट्रिपर, १ लोडर र १ जेसिबी प्रयोग गरी सडक पुनःसंचालनका लागि सडकको अवरोध हटाएको थियो । साथै बाढीपहिरोबाट प्रभावित भोटेकोशी गाउँपालिका–१ का तुसारे गाउँ, वडा नं ४ का सुनखानी थामी गाउँ, फुल्पिङकट्टी, वडा नम्बर ३ का दुगुनाका लक्षित बर्ग र विपन्न परिवारलाई चार सय थान त्रिपाल गरेको छ ।

    भोटेकोशी गापा–४ मा सुनखानीस्थित जीर्ण महाकाली देवी आधारभूत बिद्यालय भवनको आवश्यक मर्मतसुधार गर्दै शैक्षिक र भौतिक सहयोग गर्ने प्रमुख पराजुलीले प्रतिबद्धता गर्नुभएको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिकास निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै