images
images
  • तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशयी हुन्छ : शेखर कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने बताएका छन् ।

    कांग्रेस महानगर समितिका सभापतिहरूसँगको काठमाडौँमा भएको छलफल तथा भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएकोले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरेका हुन् ।

    महानगरका सभापतिहरुले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।

    भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य- काठमाडौ, सुवानन्द धाख्वा- ललितपुर, चित्रसेन अधिकारी- भरतपुर, दीपक चापागाईं- बिराटनगर र मनिन्द्र नेपाली- वीरगन्जबाट सहभागी थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै