images
images
  • दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

    काठमाण्डौ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

    काजखस्तानमा सम्पन्न प्रतियोगिता उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

    ९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले स्वार्ण पदकसँगै प्रमाणपत्र र ट्रफी प्राप्त गरेकी छन् ।

    बिष्टले गत वर्ष भारतको हैदराबादमा सम्पन्न १०औं संस्करणको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर कीर्तिर्मान बनाएकी थिइन् । त्यसअघि उनले किर्गिस्तानमा आयोजित नवौँ संस्करणमा पहिलो पटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

    उनले प्रत्येक वर्ष आफ्नै कीर्तिमान तोड्दै यो खेलमा लगातार नेपालका लागि स्वर्ण पदक दिलाउँदै आएकी हुन् । कजाकस्तानमा भएको च्याम्पियनसिपमा भारतसहित २० देशका खेलाडीहरुको सहभागी रहेको जनाइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै