images
images
  • मौद्रिक नीति आज सार्वजनिक हुने

    काठमाडौं चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ।

    मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ ।

    यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्बजनिक गर्नबाट रोकिएको थियो ।

    यस अघि सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेक्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए । उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै