images
images
  • सभालाई सम्बोधन गर्दै सुदूरका मुख्यमन्त्रीले दिए राजीनामा

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् ।

    शुक्रवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    विश्वासको मत लिन बोलाइएको बैठकमा उनले बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव नै पेस गरेनन् । उनले मार्ग प्रशस्त गरेको घोषणा गरे ।

    केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि स्पष्ट अल्पमतमा परेका सोडारीले राजीनामा नदिएर सत्ता लम्ब्याएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै