images
images
  • कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै छाड्छौँ : गगनकुमार थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् ।

    आईतवार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    उनले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पु-याउने बताए ।

    उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने पनि बताए । उनले पार्टीभित्रको सुद्धिकरणको विषयलाई पनि आफुहरुले गम्भीरतापूर्वक लिएको बताए ।

    उनले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भुमिका खेल्नुहुने अग्रजहरुलाई सम्मान गर्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै