images
images
  • कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    काठमाडौं– कर्णाली प्रदेश सरकारका मुख्यमन्‍त्री यामलाल कँडेलले प्रदेश सभा बैठकबाट विश्वासको मत पाएका छन्।

    सोमबार विश्वासको मत प्रयोजनका लागि राखिएको बैठकबाट एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन्।

    प्रदेश सभामा रहेका कूल ४० सदस्य रहेकामा ३७ जना प्रदेश सांसद सहभागी थिए। त्यसमध्ये २३ मत प्रस्तावको पक्षमा परेको छ। र उनको विपक्षमा १४ मत परेको छ। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि प्रदेशमा पनि परिवर्तन भएको थियो।

    नेकपा माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रदेश सरकारमा सहभागी भएको थियो। कांग्रेसका चार जना मन्त्रीले आइतबार मात्रै शपथ ग्रहण गरेका थिए। समर्थन गरेको दलले फिर्ता लिएपछि सदनमा आफूसँग बहुमत छ भन्ने प्रमाणित गर्नका लागि संविधानअनुसार विश्वासको मत लिनुपर्छ।

    सोही अनुसार कँडेलले आज विश्वासको मत प्रयोजनका लागि बैठक राख्न प्रदेश सभामा पत्र पठाएका थिए। आज भएको मत विभाजनमा २३ मतका साथ उनले बहुमत सदस्यको विश्वासको मत पाएका हुन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै