images
images
  • हसिनाले थुनेकी खालिदा जियालाई रिहा गर्न आदेश

    काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहाइ गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेपछि राष्ट्रपति शहाबुद्दिनले जियालाई जेलबाट रिहा गर्न निर्देशन दिएका हुन् ।

    ७८ वर्षीया जियालाई सन् २०१८ मा जेल सजाय सुनाइएको थियो । उनीमाथि हसिना नेतृत्वको सरकारले भ्रष्टाचार मुद्दा लगाएको थियो । राष्ट्रपति शहाबुद्दिनले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।

    राष्ट्रपति शहाबुद्दिनका अनुसार अब अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यु अन्त्य हुनेछ । यद्यपि सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै