images
images
  • बङ्गलादेश स् नेता युनुसद्वारा राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका लागि अपिल

    बंगलादेशका अन्तरिम सरकारको नेतृत्व गर्नुभएका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशबासीसँग अपिल गरेका छन्।

    शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन्।

    नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किएका र अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका छन् । “हाम्रो जिम्मेवारी नयाँ बङ्गलादेश निर्माण गर्नु हो,” उनले भने।

    पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दू अल्पसङ्ख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ।

    युनुसले उत्तरी शहर रङ्गपुरको भ्रमणका क्रममा गत महिना भएको अशान्तिका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा शान्ति कायम गर्न आह्वान गरेका थिए।

    उनले भने, “धर्मका आधारमा विभेद नगर्नुहोस् । सायिद अहिले हरेक घरमा हुनुहुन्छ । उहाँ जसरी राष्ट्रिय जागरणका लागि उभिनुभयो, हामीले पनि त्यस्तै गर्नुपर्छ। अबु सायिदलाई हेर्ने दृष्टिकोणबारे बङ्गलादेशमा कुनै मतभेद छैन ।”

    विद्यार्थीको नेतृत्वमा हसिनाको सरकारविरुद्ध भएको प्रदर्शनमा २५ वर्षीय सायिदको जुलाई १६ मा प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै