images
images
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।

    बुधबार बसेको प्रदेशसभा बैठकमा उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन्।

    बैठकमा ४५ सांसद उपस्थित रहेकामा शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो। तटस्थमा १ मत परेको थियो।

    सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन्। कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए।

    माओवादीका ६ सांसद उपस्थित भएनन्। स्वतन्त्र १ सांसदले कतै मत दिएनन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै