images
images
  • म प्रधानमन्त्री बन्ने सम्भावना छैन : परराष्ट्रमन्त्री राणा

    धनगढी– नेपाली कांग्रेसकी नेता एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले कांग्रेस-एमालेको वर्तमान सरकार ०८४ सम्मै रहने बताएकी छिन्।

    धनगढीमा बिहीबार बिहान आफ्नै निवासमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री देउवाले विशेष परिस्थितिका कारण दुई पार्टी एक ठाउँमा आएको बताएकी हुन्।

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हालै महिला प्रधानमन्त्री बनाउने इच्छा रहेको टिप्पणीप्रति उनले कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको प्रतिक्रिया दिँदै आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताइन्। ‘ओलीले आफ्नै दलको कुनै महिलातर्फ संकेत गर्नु भएको होला,’ उनले भनिन्।

    अन्तर्राष्ट्रिय समुदाय नेपाललाई सहयोग गर्न सकारात्मक रहेको र नेपालप्रति राम्रो धारणा रहेको बताउँदै उनले संविधान संशोधन गर्नु पनि अहिलेको सरकारको उद्धेश्य रहेको बताइन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै