images
images
  • विकासमा छुटेको कर्णाली रास्वपाले जोड्छ : रवि लामिछाने

    कर्णाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताएका छन् ।

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे ।

    उनले भने, “कर्णालीले जितेन, सधैँ हा¥यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।”

    राजनीतिमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गर्ने जिकिर गरे ।

    पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले भने, “विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन् ।”

    घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै