images
images
  • महिनामै दुई पटक पहिरो जाँदा २ हजार घरधुरीमा खानेपानी आपूर्ति प्रभावित

    तनहुँ :  पहिरोले पटक पटक खानेपानीको पाइप बगाउँदा तनहुँको व्यास नगरपालिका–१ र १२ का दुई हजार भन्दा धेरै घरधुरीका बासिन्दाले समस्या भोग्दै आएका छन् । व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजनाको पाइपमा क्षति पुर्‍याएकाले समस्या भोग्दै आएका हुन् । निरन्तरको वर्षाले गर्दा व्यास नगरपालिका–१३, निउरोघारी नजिक पहिरो गई खानेपानी मुहानकोपाइप लाइनमा एक साता अघि क्षति पुगेको हो ।

    हालसम्म पाँच पटक पहिरो गएको र एक महिनाको अवधिमा मात्रै दुई पटक पहिरो खसेकाले खानेपानी वितरणमा समस्या भएको उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो । बुद्धसिंह मार्गलाई व्यवस्थित नगर्दा पहिरो खस्ने समस्या बारम्बार आइरहेको दरैले बताउनुभयो ।

    दरैले भन्नुभयो, “पानी परेपछि रातमा निद्रा पर्दैन फेरि पहिरो खसेर पाइप बगायो होला जस्तो लाग्छ ।” एक महिनाअघि क्षति पुगेपछि मर्मत गरिएकोमा पुनः पहिरोले भत्किएपछि डेढ लाख खर्च गरेर जिआई पाइप जडान गरिएको अध्यक्ष दरैले जानकारी दिनुभयो । खानेपानी मुहानको ‘मेनलाइन’ को जिआई पाइप लाइन पहिरोले पटक पटक भत्काउने गरेको दरैले जानकारी दिनुभयो ।

    उक्त खाने पानी आयो जनाले वडा नम्बर १ र १२ का दुई हजार ६८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दुरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको छ । समितिले चार वटा मुहानबाट प्रतिसेकेन्ड कुल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै