काठमाडौं– गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री दीपक मनाङेले पदबाट राजीनामा दिएका छन्।
सोमबार एमालेका चार जना मन्त्री थप हुँदै मन्त्रिमण्डल पुनर्गठन भएपछि मन्त्री मनाङेले राजीनामा दिएका हुन्। स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मनाङेले राजीनामा पत्र पठाएका हुन्।
आफू मन्त्री पदमा धेरै बसेको र अल्छी लागेकाले अब आराम गर्नका लागि राजीनामा दिएको बताएका छन्। मन्त्रीमण्डल पुनर्गठनअघि उनी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री थिए।
वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेका मनाङेले आज राजीनामा दिएका हुन्। यस्तै उनले आफू रहेको वन तथा वातावरण मन्त्रालय अब मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन मागसमेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्