images
images
  • प्रहरीमा उमेर हद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं– सर्वोच्च अदालतले नेपाल प्रहरीमा उमेर ‍हद सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी नहुने तर अग्राधिकार दिने निर्णय गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

    सर्वोच्च अदालतमा नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको थियो।

    उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए।

    प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरूको अवकाश कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरेका थिए।

    एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बाँस्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका हुन्।

    गत बिहीबार यस विषयको सुनुवाइ न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको थियो।

    उमेर हदकै कारण एआइजी ज्ञवाली भदौ २६ गते अवकाशमा जान लागेका छन्। प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीहरू ५६ वर्षको उमेरमा अवकाश जाने उल्लेख छ। प्रहरी निरीक्षक भने ५३ वर्षको उमेरमा अनिवार्य अवकाश जाने नियमावलीमा उल्लेख छ। यस्तो व्यवस्था ऐनमै हुनुपर्ने उनीहरूको माग छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै