images
images
  • मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार : केही दोषी,केहीले पाए सफाइ

    काठमाडौं ।विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ । तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो ।

    विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो माग गरेको छ । त्यस्तै देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ ।

    इप्टिसा र बेट्स (बीइटीएस)सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो ठहर गरेको छ । इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ ।

    यस्तै विशेष अदालतले पूर्वसचिव भीम उपाध्याय सहित १० जनालाई सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार उपाध्याय सहित १० जनालाई सफाइ दिने फैसला सुनाएको हो ।

    विशेष अदालतले उनीहरुमाथि सजाय र जरिवानाका लागि असोज ७ गते पेशी तोकेको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र मुकुन्द प्रसाद पौडेल लगायत १० जनाले सफाइ पाएका छन् ।

    अख्तियारले ६ करोड ९७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै