images
images
  • कोशी सरकारमा गयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

    यस्तो बन्यो हिक्मत नेतृत्वको मन्त्रिपरिषद्

    कोशी सरकारमा गयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

    272Shares
    sharethis sharing button

    काठमाडौं । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले पूर्णता पाएको छ ।

    शुक्रबार बिहान नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएसँगै सरकारले पूर्णता पाएको हो ।

    प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । कांग्रेस प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।

    खोटाङका राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् ।

    कांग्रेस शेखर समूहबिना सरकारमा सहभागी भएको हो । अब कोशीमा २ राज्यमन्त्रीसहित एमाले-कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै