images
images
  • स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजिनामा

    काठमाडौं स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज दिउसो उनले राजिनामा पत्र दर्ता गराएका हुन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

    स्वास्थ्यको कारण देखाउँदै उनले राजिनामा दिएको मन्त्रालय श्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. लोहनीले बीमामा सुधार गर्न नसके राजीनामा दिन्छु भनेर यसअघि नै घोषणा गरिसकेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै