images
images
  • रास्वपाको पहिलो महाधिवेशनको मिति घोषणा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख २५, २६ र २७ गते आफ्नो पहिलो महाधिवेशन गर्ने भएको छ ।

    सभापति रवि लामिछानेले जारी राष्ट्रिय भेलामा उक्त घोषणा गराएका हुन् । उनले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

    आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको उनले बताए । उनले नयाँ अभियान ‘महाकाली–मेची जनयात्रा अभियान’ को पनि घोषणा गरेका छन् । जनताको कुरा सुन्न यस सुरु गर्ने उनले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै