images
images
  • मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह

    काठमाडौँ । निर्वाचन आयोगले मतदाताको उमेर अठार वर्ष पुग्ने मिति निर्धारण र मतदाता नामावली अद्यावधिक गर्न आह्वान गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त आह्वान गरेको हो ।

    आयोगले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि मतदाता नामावलीलाई अद्यावधिक प्रक्रियामा लगी अन्तिम मतदाता नामावली तयार गर्नका लागि आयोगबाट निर्णय भएको बताएको छ ।

    संवत् २०८१ मंसिर १६ गते आइतबारका दिन उपनिर्वाचन गर्ने गरी नेपाल सरकारबाट उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा उक्त निर्णय गरिएको हो ।

    आयोगले मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८१/०५/३१ सम्म देशभरबाट सङ्कलित तथा २०८१/०८/१५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने जनाएको छ । अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण २०८१/०६/१८गते आयोगको वेबसाइटमा प्रकाशन गरिने छ ।

    मिति २०८१/०६/१८ देखी २०८१/०६/३० गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

    यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली २०८१/७/२६ गते प्रकाशित हुने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरूको सहभागिता अपरिहार्य रहेकोले मिति देखि गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै