images
images
  • हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

    काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ ।
    क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन । ‘लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौ, विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने ।
    म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन ।
    गितमा गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रीको संगीत, ईश्वर थापाको शब्द र पुरुषोतम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ र नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।म्युजिक भिडियोमा ईश्वर थापा र परीथा खड्काको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन भने, भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका छन् ।

    म्यूजिक भिडियोको लिकं :

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै