रातोपाटीन्युज, काठमाडौं । स्तन क्यान्सरबाट प्रभावितहरुको पहिचान र तिनीहरुको लागि सहयोग, शिक्षा, जनचेतना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यसहित संयुक्त राज्य अमेरिकामा जारी FabOver40 ‘फेब ओभर र्फोटी’ प्रतियोगितामा नेपाली चेली रोजिना रंजित सहभागी हुनु भएको छ । उक्त प्रतियोगिताको शिर्ष पाँचौ स्थानमा रोजिना पर्न सफल भएपछि सर्वदा चर्चा चुलिएको छ ।
नेश्नल ब्रेस्ट क्यान्सर फाउण्डेसन, आईएनसी (National Breast Cancer Foundation, INC)द्धारा सुरु गरिएको सो प्रतियोगितामा बिभिन्न चरण पार गर्दे रोजिना उत्कृष्ट पाँच स्थानमा पर्न सफल हुनु भएको छ । अमेरिकामा नेपाली–नेपालीबीच प्रतिनिधित्व गर्ने उक्त प्रतियोगिता एक मात्रै रहेको आयोजकको भनाई छ ।
प्रतियोगितामा बल, सहनशीलताका साथै उनीको साथी नेपालीहरु र बिश्वभरका समर्थकहरु अटल समर्थन रहेको आयोजकले बिश्वास छ । राष्ट्रिय गर्व र महिला सशक्तिकरणको नयाँ आयामका लागि सबैले मत प्रदान गरेर जिताउन रोजिनाले आग्रह गर्नु भएको छ । उहाँलाई पुस ४ २०८१ अर्थाथ १९ डिसेम्बर सम्म दैनिक रुपमा निशुल्क भोट गर्न सकिने छ ।
रोजिनाले सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट उच्च शिक्षा पूरा गर्नु भएको थियो । पद्मकन्या बहुमुखी कलेजबाट स्नातक डिग्री र भारतको चेन्नाईबाट चार्टड एकाउन्टेन्ट कोर्स पूरा गरी हाल अमेरिकाको बोस्टनमा एक सप्टवेयर कम्पनीमा लेखा बिभागमा काम गरिरहनु भएको छ । उहाँलाई सो प्रतियोगितामा बिजयी गराउन जुनसुकै ठाउँबाट प्रत्येक २४ घण्टामा एक पटक निशुल्क मत दिन सकिन्छ ।
तलको लिंकमा गएर पनि उहाँलाई मत प्रदान गर्न सकिन्छ । मत जाहेर गरेर रोजिनालाई पहिलो स्थानमा जिताउन सके बिश्वभर स्तन क्यान्सरको समस्या समाधानमा न्यूनिकरण आउने छ ।
https://votefab40.com/2024/rojina-ranjit
https://www.facebook. com/rojna.ranjit
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्