काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो शुरुवातका बाबजुद त्यसलाई सदुपयोग गर्न नसक्दा कठिन नतिजा आएको बताएका छन् ।
सुदूरपश्चिम रोयल्ससँगको फराकिलो हारपछि कप्तान सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको उल्लेख गरे । तर खेलजीवनमा हार हुने र यहाँबाट माथि उठ्ने उनको विश्वास छ ।
उनले यो हारका कारण धेरै दबाबमा नरहे पनि जितबाट प्राप्त हुने खुशी भने टोलीमा नभएको उल्लेख गरे । उनले घरेलु खेलाडीले प्रयास गर्दा पनि राम्रो नतिजा नआएकाले उनीहरूमाथि आरोप लगाउन नहुने बताए । उहाँले दुई खेलमा विकेट नआउनु धेरै ठूलो कुरा नरहेको धारणा राखे ।
खेलमा कहिले कहीँ यस्तो हुने र यसलाई धेरै ठूलो कुरा लिन नहुनले पनि उनको भनाइ छ । दुई खेलमा १० विकेट आउँदा कसरी आयो भनेर कसैले नसोध्ने तर विकेट आएन भने धेरै प्रश्न उठ्ने गरेको उनि बताउँछन् । सन्दीपले योजनाअनुरूप नतिजा नआउने भएपनि त्यहाँको कन्डिसनअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट हेर्दा सहज नदेखिए पनि टोलीले ब्याटिङमा राम्रो प्रदर्शन भएको बताए । पहिलो खेलमा जित सम्भव भएको र अब आगामी खेलमा ध्यान दिने उहाँले उल्लेख गरे ।
आफ्नो टोलीले १५० रनभन्दा बढीको लक्ष्य सोचेको र सोअनुरूप ब्याटिङ भएको पनि उनको भनाइ छ । उनले टोलीमा तलसम्म राम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्