images
images
  • भुटानी राजाको नेपाल ट्रान्जिट : स्वयम्भू र बौद्धको दर्शन

    काठमाडौं । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज नेपाल भ्रमणमा आउने भएका छन् । आफ्नो देश फर्किने क्रममा उनले काठमाडौँलाई ट्रान्जिट स्थानको रूपमा रोजेका छन् ।

    चारदेखि पाँच घण्टाको छोटो बसाइमा राजा जिग्मेले काठमाडौँका दुई प्रमुख धार्मिक स्थल स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

    राजा जिग्मे बिहान ९:५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलबाट सिधै स्वयम्भूनाथ जाने योजना रहेको छ । स्वयम्भूको दर्शनपछि उनी बौद्धनाथमा पनि पुग्ने कार्यक्रम छ । दुवै धार्मिक स्थलको भ्रमणपछि उनी विमानस्थल फर्की भुटान प्रस्थान गर्ने छन् ।

    नेपाल सरकारको तर्फबाट राजाका लागि सुरक्षा र सेवा सुविधाको विशेष व्यवस्था गरिएको छ । त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा पारिएको छ ।

    नेपाल भ्रमणको दौरानमा भुटानी राजाले औपचारिक भेटघाट नगर्ने प्रहरी स्रोतले जानकारी दिएको छ । राजा जिग्मे खेसारको यस भ्रमणलाई धार्मिक आस्था र नेपाल-भुटान सम्बन्धको सांस्कृतिक महत्वका रूपमा हेरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै