images
images
  • सभापतिको सांसद पद निलम्बनका विषयमा अदालत जाने निर्णय गरेका छैनौँ : मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बनमा परेसंगै यसका विरुद्ध अदालत जाने वा नजाने विषयमा अध्ययन गरिरहेको रास्वपाले जनाएको छ ।

    चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दायर भएसंगै सोमबार संघीय संसदले उनलाई निलम्बन गरेको सुचना टाँस गरेको थियो ।

    पार्टी सभापति लामिछानेको सांसद पद निलम्बनको सन्दर्भलाई लिएर रास्वपा अदालत जाने वा नजाने भन्ने विषयमा आफुहरुले अध्ययन गरिरहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    उनले मकालुखबरसंग भने,‘पार्टी सभापतिको निलम्बनको विषयमा अदालत जाने निर्णय गरिसकेका छैनौँ । त्यसको अभ्यास कस्तो हुन्छ ? कसरी प्रक्रियागत रुपमा त्यसको अभ्यास गर्न सकिन्छ ? कानूनले कहाँ-कहाँ हामीलाई त्यस्तो अभ्यास गर्ने स्पेस दिएको छ ? त्यो बारेमा हामी अध्ययन गर्दैछौँ । जाने/नजाने, भोलि नै गइहाल्ने त्यस्तो केही निर्णय भएको छैन ।’

    यस्तै कार्यवाहक प्रवक्ता झाले कानूनले त्यस्तो कुनै अभ्यास गर्ने स्पेस दिएमा त्यस्तो अभ्यासको परिकल्पना गरेको भएमा आफुहरु पार्टी सभापति लामिछानेको निलम्बनको विषयमा अदालत जाने समेत बताए ।

    ‘कानूनले हामीलाई यस अवस्थामा अदालत जाने स्पेस दिन्छ भने त्यो अभ्यास हामी गर्छौ । त्यस्तो कुनै अभ्यासको परिकल्पना गरेको छ भने हामी त्यो अभ्यास गर्छौँ,’उनले भने।

    आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा रवि लामिछानेविरुद्ध सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको छ । अहिले अदालतमा बयानको क्रम जारी रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै