images
images
  • संसद्मा विचाराधीन विधेयकहरूका विषयमा विपक्षी दलसँग छलफल गर्ने संयुक्त कार्यदलको निर्णय

    काठमाडौँ । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकहरू समय सीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

    बिहीबार सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली काँग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पास गराउने गरी काम गर्ने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै समिति संयोजक जीवन परियारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिहरूमा रहेका विधेयकहरू पारित गर्न आवश्यक छलफलका लागि संघीय संसदमा रहेका दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्ने निर्णय गरिएको बताए ।

    उनले अन्य दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने अधिकार नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई जिम्मेवारी दिइएको बताए । उनले आगामी १७ गतेभित्र संघीय संसदका विभिन्न समितिमा रहेका विधेयकहरू बारे दलगत समितिका सदस्यहरूसँग आवश्यक छलफल गर्ने निर्णय गरेको पनि बताए ।

    उनले दुई दलीय संयन्त्रले दिएको निर्देशन अनुसार समितिमा रहेका विधेयकहरू समय सीमाभित्रै पारित गर्नेगरी दुवै सदनको नियमावली र कार्यविधिमा संशोधन गर्नेबारे पनि अन्य दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गर्ने निर्णय भएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै