images
images
  • सत्ताको उन्मादमा केपी ओलीले मलाई पार्टीबाट हटाउने निर्णय गरे : भीम रावल

    काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले एमालेले साधारण सदस्यबाट हटाउने निर्णयको विरोध गरेका छन् ।

    उनले आफूलाई पार्टी सदस्यबाट हटाउने निर्णय केपी ओलीले सत्ताको उन्मादमा गरिएको निरङ्कुश, स्वेच्छाचारी र नाताशाही प्रवृत्ति रहेको बताए ।

    ‘मलाई पार्टीबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरङ्कुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,’उनले फेसबुकमा लेखेका छन्,‘सबै देशभक्त, न्याय प्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमानदार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।’

    उनले एमाले विरोधी र बिचौलिया दलहरूलाई काखी च्याप्नेले देशभक्त इमानदार मानिसमाथि प्रहार गरेकोमा आफूलाई आश्चर्य नलागेको बताए ।

    नेता रावलले ओलीको अन्यायपूर्ण निर्णयको आम जनसमुदाय र इमानदार पार्टी कार्यकर्ताले विरोध गर्नेमा विश्वस्त रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै