काठमाण्डौं । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ।
काठमाडौं पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा आइतबार एक भव्य कार्यक्रमविच मुकारुङ्को पुस्तक लोकार्पण भएको हो। यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’ सार्वजनिक भैसकेको छ।
करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्वअध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीतिसंग्रह जीवनयापन, लोक सन्दर्भमा रहेको छ। लोकार्पण दिन स्रष्टा मुकारुङ्को छोरा रियोङ हाङ मुकारुङको पनि संयोगले जन्मदिन रहेको थियो ।
कार्यक्रममा पुस्तकबारे बोल्ने क्रममा विशेष अतिथि रहेका गीतकार संघ पुर्वअध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणि देवकोटाले भने, ‘शुभ मुकारुङ चिनाइ रहनुपर्ने नाम होइन, नातिकाजिले समेत उहाँको शब्दमा संगीत भरेका छन् । उहाँको यो दोस्रो पुस्तक अवर्णनिय छ, गीतकार संघ आज यो उचाइमा आउनु पनि उहाँको ठूलो हात छ, उहाँको लेखन यात्रामा धेरै बधाईसहित अझ शुभकामना’।
यसैगरी, बोल्ने क्रममै वरिष्ठ गीतकार अमर बान्तुले ‘गीतकार शुभ मुकारुङ उमेर आफू जेठो भएतापनि सिर्जनाको हिसाबले उहाँ म भन्दा जेठो हुनुहुन्छ त्यसैले मैले उहाँको सिर्जनाबारे टिप्पणी गर्ने हैसियत नभएकोले म कुनै स्रष्टादेखि प्रभावित भएर लेख्दिन आफै लेख्छु भन्ने कुरादेखि म उहाँबाट प्रभावित भए, आज यसरी नै उहाँको आफ्नै क्षमताको सिर्जना निश्चित छ’ भन्दै उनले बधाई तथा शुभकामना व्यक्त गरे।
त्यस्तै, विशेष अतिथि वरिष्ठ गीतकार तथा पुर्बमन्त्री एस.पि.कोइरालाले ‘गीतहरुलाई समाजले मनोरंजनको साधन मात्र भनेर हेला गरेको पाइन्छ, यो गलत छ । तर, गीत समाजको शक्तिशाली आँखा, माध्यम हो। यसकुरालाई शुभ मुकारुङको सिर्जनाले सावित गर्दछ । करिब तीन दशकको साहित्यिक यात्रामा अझ यो गीतिसंग्रहले समाजलाई स्पष्ट कोर्दछ । भोजपुरको माटोको बिरुवा हो उहाँ ‘ भन्दै बधाइ शुभकामना प्रस्तुत गरे।
प्राज्ञ तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले ‘यो पुस्तकले शुभलाई अल्मलाएको होइन, उभाएको छ र मैले समाजको चेत खोल्नुपर्छ भन्ने जिम्मेवारी प्रदान गरेकोमा लेखकलाई अझ धेरै बधाइ शुभकामना’ व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला, वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ गीतकार अमर बान्तु, वरिष्ठ सास्कृतिकविद् भक्त राई, माननीय हेमराज राई, वरिष्ठ गीतकार श्रवण मुकारुङ, वरिष्ठ गायक दिलेन्द्र मुकारुङ, वरिष्ठ गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङछा, चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्