
काठमाडौं– सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालको केन्द्रीय नेतृत्वका आकांक्षीहरूका लागि चर्को मनोनयन शुल्क तोकिएको छ ।
निर्वाचन आयोगले सूचना प्रकाशित गरेर केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मका आकांक्षी उम्मेदवारहरूको मनोनयनका चर्को शुल्क तोकेको हो । सूचनाअनुसार अध्यक्षका लागि ३५ हजार रुपैयाँ मनोनयन शुल्क राखिएको छ । यस्तै पदाधिकारीका लागि २५ हजार र आयोग अध्यक्षका लागि १५ हजार तोकिएको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालद्वारा हस्ताक्षरित सूचनामा केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा आयोग सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको उल्लेख छ । प्रेस चौतारीको १० औँ महाधिवेशन मोरङको विराटनगरमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्