
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै यसअघि पटक-पटक स्पष्टीकरण सोध्दै आएकामा आज पदबाट हटाउने निर्णय गरेको हो ।
पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टिकरण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्