images
images
  • एकीकृत समाजवादीले राजावादी गतिविधिविरुद्ध देशभर प्रदर्शन गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राजावादीले गरेका गतिविधिविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

    चैत १६ गते बसेको पार्टी स्थायी कमिटी बैठकले २५ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

    ‘हाम्रो पार्टी कार्यालय काठमाडौँ आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवासलगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनीविरुद्ध यही चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने’, बैठकले पारित गरेको निर्णयमा समाजवादीले भनेको छ ।

    साथै, राजावादी प्रदर्शनका नाममा भएकी हत्या, हिंसा ,हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही गर्न पार्टीले माग गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्