images
images
  • निषेधित क्षेत्र तोड्ने प्रयास नगर्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी

    काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई निषेधित क्षेत्र तोड्ने प्रयास नगर्न चेतावनी दिएको छ ।

    मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो ।

    शनिवार विज्ञप्ति जारी गरेर मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लङ्घन खालका गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने जनाएको हो ।

    राप्रपाले भोलि निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

    समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

    राप्रपाले भोली काठमाडौँका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो ।

    पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित पार्ने प्रयास गरेको बताए । लिङदेनको भनाइलाई गृह मन्त्रालयले गम्भीर रुपमा लिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्