images
images
  • गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन तीन शीर्ष नेताको आह्वान

    काठमाडौं । तीन राजनीतिक दलका शिर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

    शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा ऐक्यवद्धता जनाएका हुन् ।

    बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

    उहाँकाअनुसार छलफलमा देशको विद्यमान परिस्थितिको बारेमा कुराकानी भएको छ । विद्यमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताए ।

    संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको उल्लेख गरे ।

    उनले भने– ‘आजको छलफल समसामयिक राजनीतिक विषयसँग गाँसिएको छ । देशको विद्यमान परिस्थितिको बारेमा तीन शिर्ष नेताहरु प्रधानमन्त्रीको नेतृत्वमा छलफल भयो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शिर्ष नेताहरुबीच विद्यमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ । संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु-याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ ।’

    छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामको बारेमा छलफल भएको बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्