images
images
  • जम्मू–कश्मीर हमलाबारे सरकारले भन्यो : हामी सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछौं

    काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ ।

    परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

    ‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २८ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा सन्दीप न्यौपाने नामका एक नेपाली पनि छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्