images
images
  • अफताप आलमका दाजुभाइसहित ४ जनालाई जन्मकैद

    रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलम र उनका भाइ महताब आलमसहित चार जनालाई जन्म कैदको फैसला भएको छ।

    न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाइसहित शेष सेराज र बद्री सहनीलाई पनि जन्म कैदको फैसला सुनाएको हो।

    उनीहरुविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।

    अदालतले प्रतिवादी मुक्ति सहनीलाई भने सफाइ दिएको छ । यस्तै सो घटनामा फरार रहेका ६ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ ।

    रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम विस्फोटका घटनामा संलग्न भन्दै ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

    बम बनाउँदै गर्दा विस्फोट भएपछि उक्त विस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा घाइते अवस्थामै रहेका उनीहरूलाई इटाभट्टामा जिउँदै जलाएको अभियोग छ।

    सुरुमा मुद्दा नचलाउने निर्णय भएपनि पछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशबाट उक्त घटनाको पुनः अनुसन्धान हुँदै २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

    २०७६ साल कात्तिक २९ गते आलमसहित पक्राउ परेका व्यक्तिहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै