images
images
  • विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    काठमाडौं – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् ।

    खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो।’

    फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा काेहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

    भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै