images
images
  • ‘समाचारकक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्छ’ : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

    काठमाडौं प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारकक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्ने बताएका छन् ।

    काउन्सिलद्वारा आज यहाँ आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तरक्रियामा बोल्नुहुँदै अध्यक्ष बस्नेतले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने बताउनुभएको हो ।

    उनले भने , ‘समाचारकक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्छ । बजारमा सूचनाको बाढी छ तर ती सबै सूचना समाचार होइनन् । यसमा ध्यान दिन पत्रपत्रिकालगायत परम्परागत सञ्चारमाध्यमलाई जोगाई राख्न प्रविधिमैत्री बनाउनुपर्छ ।’पत्रकारिताको महत्व र आकर्षण कायम राख्न सूचना तथा समाचार छुट्याएर सम्प्रेषण गर्न सक्नुपर्ने उनले जोड दिए ।

    काउन्सिलका अध्यक्ष बस्नेतले मर्यादित, र विश्वसनीय पत्रकारिताका लागि प्रत्येक सञ्चारगृहले आ–आफ्नो आचारसंहिता लागू गर्नसक्ने बताए ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाचारकक्षमा आउने सूचनालाई गुणस्तरीय बनाउन समाचारमा सम्पादकीय सीप झल्कनुपर्ने सुझाव दिए। उनले समाचार सामग्रीलाई सम्प्रेषणयोग्य बनाउनाका साथै सम्पादकले तत्काल सामाग्री जुटाउने, योजना बनाउने, सहयोग र समन्वय गर्ने क्षमता तथा सक्रियामा पनि ध्यान दिनुपर्ने बताए।

    काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आचारसंहिता पालनामा र पत्रकारको क्षमता अभिवृद्धि गर्न-गराउन मिडियालाई सुझाव दिए ।  

    कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको सम्पादन शाखामा कार्यरत पत्रकारले समाचार सत्यतथ्यमा आधारित हुनपर्ने तथा दिइएका सामग्री भरसक गलत हुन नदिन आफूहरू सचेत रहेको बताए ।

    सही सूचना प्रवाह गर्ने समाचारकक्षमा कार्यरत व्यक्तिको भूमिका पर्दा पछाडिका खेलाडीजस्तै हुने भन्दै उनीहरूले रहने सम्पादकको समयसापेक्ष क्षमता विकासमा सञ्चारमाध्यम र सरोकार भएका निकायले ध्यानदिनुपर्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै