images
images
  • अस्पतालको सेवा प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री पौडेलको ९ बुँदे निर्णय

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्।

    मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।

    उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। बिहीबार मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा भएको छलफलपछि भएको निर्णय अनुसार नै मन्त्रालयले शुक्रबार ९ बुँदे परिपत्र जारी गरेको हो।

    परिपत्रमा मन्त्रालयको नीति योजना तथा महाशाखा प्रमुख डा कृष्ण पौडेलको हस्ताक्षर रहेको छ।

    ‘मन्त्रीको समुपस्थितिमा यस मन्त्रालयमा संघीय अस्पताल प्रमुखहरुज्यूको मिति २०८१/०४/०३ मा बसेको भएको बैठकमा छलफल भई अस्पतालमा सेवाग्राहीहरुको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्नका लागि निम्न बमोजिम निर्णय भएको हुँदा सोको यथाशिघ्र कार्यान्वयनका लागि ताहाँ पठाईएको व्यहोरा अनुरोध छ,’ अस्पतालहरुमा पठाइएको पत्रमा भनिएको छ।

    पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने विषय उल्लेख छ।

    यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ। प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ।

    चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने, अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमवाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने निर्णय भएको छ।

    यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ।

    यसका साथै अस्पतालको कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने भन्दै त्यसको निराकरणका लागि नक्सा सबैले देख्ने गरी टाँस्नुपर्ने वा स्वयं सेवक परिचालन गर्नुपर्ने र सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी र सफा शौचालयको व्यवस्था मिलाउन पनि निर्णय भएको छ।

    Hospital_paripatra1-1721439080.jpg

    Hospital_paripatra2-1721439080.jpg

    Hospital_paripatra2-1721439080.jpg

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै