images
images
  • कक्षा १२ को नतिजा हेर्न पाउनु भएको छैन ? यसरी हेर्नुहोस्

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सर्भरमा समस्या देखिएको छ । आज कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएसँगै बोर्डको वेबसाइट चल्न सकेको छैन ।

    उक्त समस्याले परीक्षार्थी र अभिभावकहरूले हैरानी खेपिरहेका छन । परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा ५२.९१ प्रतिशत उत्तीर्ण भएका छन् ।

    गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए। १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ विद्यार्थी सबै परीक्षामा अनुपस्थित छन् ।

    विद्यार्थीहरूले अहिले प्रकाशित भएको नतिजा आईभीआर, एसएमएस र यूएसएसडी तथा वेबसाइट मार्फत प्राप्त गर्न सक्ने छन् ।

    परीक्षार्थीहरूले नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार नतिजा थाहा पाउन सक्ने छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै