images
images
  • सर्वोच्चले अदालतले दियो वरिष्ठ सईहरूलाई न्याय, तलब बढाउन सरकारलाई परमादेश

    काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलब बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङ्गा सुवेदीको इजलाशले बुधबार परमादेश जारी गरेको हो ।

    सईबाट बरिष्ठ सईमा बढुवा हुँदा तलब घटेपछि उनीहरुले रिट हालेका थिए । वरिष्ठ सईहरु विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायतले रिट दायर गरेका थिए ।

    उनीहरुले बढुवा भएकै बेलादेखिको तबल बृद्धिको माग गरी रिट दायर गरेकोमा सर्बोच्चले मागअनुसार हुने फैसला गरेको हो । सइले भन्दा वरिष्ठ सइले २ सय ६२ रुपैयाँ कम तलब पाउने व्यवस्था भएपछि उनीहरु अदालत गएका थिए । उक्त मुद्दामा प्रहरीकै पूर्वएसएसपी गणेश रेग्मीले बहस गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै