images
images
  • एकीकृत समाजवादीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)

    काठमाडौं-  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको टुंगो गरेको छ ।

    आकांक्षीहरू अत्यधिक भएपछि विधानभन्दा बाहिरको व्यवस्थासहित केन्द्रीय कमिटी थपिएको हो । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको छ ।

    तर समाजवादीले सबै आकांक्षीलाई सम्बोधन गर्न महाधिवेशन भएको एक महिनापछि ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी शुक्रबार टुंगो गरेको छ ।

    आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

    खतिवडाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि बैठक बसेर छिटै पदाधिकारी चयन गर्ने जानकारी दिएका छन् । असार १६ देखि ४ दिनसम्म काठमाडौंमा भएको महाधिवेशन केन्द्रीय नेतृत्व तय गर्न सकेको थिएन ।

    केही पदाधिकारी मात्रै टुंगो गरेको महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो ।

    अब ३४४ सदस्यीय केन्द्रीय कमिटीको टुंगो भएकाले बाँकी पदाधिकारी त्यसपछि टुंग्याउने तयारी छ । समाजवादीले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालको मात्रै नाम टुंग्याएको थियो ।

    हेर्नुस् पूरा सूची :

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै