images
images
  • यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने?

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा क्यान्सर रोगको पहिचान र उपचारका लागि सेवा प्रदान गर्ने गरी अस्पतालहरुमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि ल्याएको छ।

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अगुवाइमा मन्त्रालयले नयाँ कार्यविधि निर्माण गरेर सेवा विस्तारको काम अगाडि बढाएको हो। मन्त्रालयले कार्यविधि ल्याएर सात वटै प्रदेशमा सेवा विस्तार गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री पौडेललाई बधाई दिएका छन्।

    कार्यविधि अनुसार अब क्यान्सरको निदान र उपचार सेवा बागमती र लुम्बिनी प्रदेशसहित बाँकी पाँच प्रदेशमा समेत विस्तार हुने भएको छ। ‘हाल संचालनमा रहेका सङ्घीय तहका क्यान्सर अस्पतालहरुबाट उपलब्ध जनशक्ति तथा साधन श्रोत एवं आवश्यकतानुसार थप समेत गरी सातै प्रदेशमा अवस्थित कम्तीमा एक सङ्घीय/प्रादेशिक अस्पतालहरुबाट क्यान्सर रोग उपचार र व्यवस्थापन गर्ने उद्देश्य अनुरुप यो कार्यविधि तयार गरिएको छ,’ कार्यविधिमा उल्लेख छ।

    कहाँ कहाँ सेवा विस्तार हुँदै?
    मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको कोशी अस्पताल, विराटनगरमा र मधेश प्रदेशको नारायणी अस्पताल, वीरगञ्जमा सेवा विस्तार गर्ने छ। त्यस्तै चितवनमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गण्डकी प्रदेशमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशमा रहेको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा सेवा विस्तार गर्ने छ।

    के के सुविधा हुन्छ?
    कार्यविधि अनुसार सेवा विस्तार हुने अस्पतालहरुमा क्यान्सर रोगको निदान र उपचारका लागि आवश्यक सेवाहरु उपलब्ध हुनेछन्। जसमा क्यान्सर पहिचानका लागि जाँच (स्क्रिनिङ), प्रयोगशालामा क्यान्सर परीक्षण, केमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया, प्यालियटिभ केयर, रेफरल र परामर्श लगायतका सेवा पर्नेछन्।

    cancer-karyabidhi-1-1723725311.jpg

    cancer-karyabidhi-2-1723725311.jpg

    cancer-karyabidhi-3-1723725310.jpg

    NIC ASIA 2

    cancer-karyabidhi-4-1723725310.jpg

    cancer-karyabidhi-5-1723725310.jpg

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै