images
images
  • नर्सिङ शिक्षामा देखिएका अन्यौलता हटाउन कानून आवश्यक : शिक्षामन्त्री

    काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाईका विषयमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको बताएकी छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासँग नर्सिङ क्षेत्रको पढाईलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन्  ।

    विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

    स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि विभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा वृद्धिको विषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन् ।

    त्रिभुवन विश्वविद्यालयभित्र हुने बेथिति र समस्या सबैले भोग्नुपरेको भन्दै उनले विश्वविद्यालयलाई स्वायत्त नबनाएसम्म बलियो बनाउन नसकिने धारणा राखिन् ।

    मन्त्री भट्टराईले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूलाई सीपमूलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै