images
images
  • अमेरिकामा स्तन क्यान्सरबारे सचेतना फैलाउदै रोजिना

    रातोपाटीन्यूज, काठमाडौं । नेपालबाट अमेरिका पुगेकी नेपाली चेली रोजिना रंजितले अमेरिकामा स्तन क्यान्सरबाट प्रभावितहरुको पहिचान र तिनीहरुको लागि सहयोग, शिक्षा, जनचेतनामूलक अभियानमा सक्रिय रहेकी छिन् ।

    अमेरिकामा ३५ बर्ष भन्दा माथिका महिलाहरुमा स्तन क्यान्सर प्रभावितहरुको पहिचान र क्यान्सर हुनै नदिन जनचेतना र क्यान्सर भएमा रोकथाम र उपचारको महान कार्यमा रोजिना दिनरात खटिदैं आएकी छिन् । उक्त कार्यमा रोजिनाका कार्यले बिश्व समुदायमा चर्चा बटुलेको छ ।

    क्यान्सर प्रभावित र त्यस रोगबाट जोगिममा रहेकालाई सचेतनामूलक सेवा प्रदान गर्ने उद्धेश्यसहित संयुक्त राज्य अमेरिकामा जारी FabOver40 ‘फेब ओभर र्फोटी’ प्रतियोगितामा नेपाली चेली रोजिना रंजित सहभागी हुनु भएको छ । उक्त प्रतियोगिताको शिर्ष पाँचौ स्थानमा रोजिना पर्न सफल भएपछि सर्वदा चर्चा चुलिएको छ ।

    नेश्नल ब्रेस्ट क्यान्सर फाउण्डेसन, आईएनसी (National Breast Cancer Foundation, INC) द्धारा सुरु गरिएको सो प्रतियोगितामा बिभिन्न चरण पार गर्दे रोजिना उत्कृष्ट पाँच स्थानमा पर्न सफल भएकी छिन् । अमेरिकामा नेपाली–नेपालीबीच प्रतिनिधित्व गर्ने उक्त प्रतियोगिता एक मात्रै रहेको आयोजकको भनाई छ । अन्य प्रतिस्पर्धी मध्य रोजिनाको प्रस्तुतीले सबैको ध्यान केन्द्रीत गर्दे आएको छ ।

    प्रतियोगितामा बल, सहनशीलताका साथै उनीको साथी नेपालीहरु र बिश्वभरका समर्थकहरु अटल समर्थन रहेको आयोजकले बिश्वास छ । राष्ट्रिय गर्व र महिला सशक्तिकरणको नयाँ आयामका लागि सबैले मत प्रदान गरेर जिताउन रोजिनाले आग्रह गरिएकी छिन् । उनीलाई पुस ४ २०८१ अर्थाथ १९ डिसेम्बर सम्म दैनिक रुपमा निशुल्क भोट गर्न सकिने छ ।

    रोजिनाले सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट उच्च शिक्षा पूरा गर्नु भएको थियो । पद्मकन्या बहुमुखी कलेजबाट स्नातक डिग्री र भारतको चेन्नाईबाट चार्टड एकाउन्टेन्ट कोर्स पूरा गरी हाल अमेरिकाको बोस्टनमा एक सप्टवेयर कम्पनीमा लेखा बिभागमा काम गरिरहनु भएको छ । उहाँलाई सो प्रतियोगितामा बिजयी गराउन जुनसुकै ठाउँबाट प्रत्येक २४ घण्टामा एक पटक निशुल्क मत दिन सकिन्छ । तलको लिंकमा गएर पनि उहाँलाई मत प्रदान गर्न सकिन्छ । मत जाहेर गरेर रोजिनालाई पहिलो स्थानमा जिताउन सके बिश्वभर स्तन क्यान्सरको समस्या समाधानमा न्यूनिकरण आउने छ ।

    https://votefab40.com/2024/rojina-ranjit

    https://www.facebook. com/rojna.ranjit

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै