images
images
  • स्तन क्यान्सरबारे सचेतना अभियानमा रोजिना क्वाटर फाइनलमा प्रवेश

    रातोपाटीन्यूज, काठमाडौं । अमेरिकामा स्तन क्यान्सरबाट प्रभावितहरुको पहिचान र तिनीहरुको लागि सहयोग, शिक्षा, जनचेतनामूलक जागरण तथा अभियान नामक प्रतियोगितामा नेपालबाट अमेरिका रहेकी रोजिना रंजित क्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

    अमेरिकामा ३५ बर्ष भन्दा माथिका महिलाहरुमा स्तन क्यान्सर प्रभावितहरुको पहिचान र क्यान्सर हुनै नदिन जनचेतना र क्यान्सर भएमा रोकथाम र उपचारको महान कार्यमा रोजिना दिनरात खटिदैं आएकी छिन् । उक्त कार्यमा रोजिनाका कार्यले बिश्व समुदायमा चर्चा बटुलेको छ ।

    क्यान्सर प्रभावित र त्यस रोगबाट जोगिममा रहेकालाई सचेतनामूलक सेवा प्रदान गर्ने उद्धेश्यसहित संयुक्त राज्य अमेरिकामा जारी FabOver40 ‘फेब ओभर र्फोटी’ प्रतियोगितामा नेपाली चेली रोजिना रंजित सहभागी हुनु भई उक्त प्रतियोगिताको क्वाटर फाइनलमा पर्न सफल भएपछि रोजिनाको चर्चा चुलिएको छ ।

    नेनेश्नल ब्रेस्ट क्यान्सर फाउण्डेसन, आईएनसी (National Breast Cancer Foundation, INC)द्धारा सुरु गरिएको सो प्रतियोगितामा बिभिन्न चरण पार गर्दे रोजिना क्वाटर फाइनलमा प्रवेश गरेकी हुन् । अमेरिकामा नेपाली–नेपालीबीच प्रतिनिधित्व गर्ने उक्त प्रतियोगिता एक मात्रै रहेको आयोजकको भनाई छ । अन्य प्रतिस्पर्धी मध्य रोजिनाको प्रस्तुतीले सबैको ध्यान केन्द्रीत गरेको छ ।

    प्रतियोगितामा रोजिनाले आफ्नो उत्कृष्ट क्षमता, आत्मबल, सहनशीलताका साथै उनीको साथी नेपालीहरु र बिश्वभरका समर्थकहरु अटल समर्थन रहेको आयोजकले बिश्वास छ । राष्ट्रिय गर्व र महिला सशक्तिकरणको नयाँ आयामका लागि सबैले मत प्रदान गरेर जिताउन रोजिनाले आग्रह गरिएकी छिन् । उक्त प्रतियोगितामा बिजयी भएपछि रोजिनाले नेपालका ग्रामीण भेगमा आएर स्तन क्यान्सर सचेतना, रोकथाम, उपचारका बारे जागरण कार्यक्रम गर्ने प्रतिबद्धता गरेकी छिन् । उनीलाई पुस ४, २०८१ अर्थाथ १९ डिसेम्बर सम्म दैनिक रुपमा निशुल्क भोट गर्न सकिने छ ।

    रोजिनाले सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट उच्च शिक्षा पूरा गर्नु भएको थियो । पद्मकन्या बहुमुखी कलेजबाट स्नातक डिग्री र भारतको चेन्नाईबाट चार्टड एकाउन्टेन्ट कोर्स पूरा गरी हाल अमेरिकाको बोस्टनमा एक सप्टवेयर कम्पनीमा लेखा बिभागमा काम गरिरहेही छिन् । उनीलाई सो प्रतियोगितामा बिजयी गराउन जुनसुकै ठाउँबाट प्रत्येक २४ घण्टामा एक पटक निशुल्क मत प्रदान गर्न सकिन्छ । तलको लिंकमा गएर पनि उहाँलाई मत प्रदान गर्न सकिन्छ । मत जाहेर गरेर रोजिनालाई पहिलो स्थानमा बिजयी गराउन सके बिश्वभर स्तन क्यान्सरको समस्या समाधानमा न्यूनिकरण आउने पक्का छ ।

    निशुल्क भोट गर्न यहाँ क्लिक गर्नुहोस् :

    https://votefab40.com/2024/rojina-ranjit

    https://www.facebook. com/rojna.ranjit

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै