images
images
  • संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेन : राष्ट्रिय सभा अध्यक्ष

    काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरू व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

    आइतबार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरूले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताएका हुन् ।

    उनले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरूको कारणसहित उजागर गर्न आवश्यक रहेको बताए । निर्णय गरिएका विषयहरू मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    उनले संसद चलाउने क्रममा भएका गल्तीहरू सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तीहरू नदोहोर्‍याउने प्रतिबद्धता गर्न आवश्यक रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै