विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् ।
बुधबार उनी मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । अदालतले उनलाई पुस २ गते पक्राउ पूर्जी जारी गरेको थियो । मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालीन सञ्चालक समिति सदस्य रहेका कारण मुछिएकी छन् ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।
शिक्षक समेत रेहकी उनी प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्