images
images
  • अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

    अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम मोस्टिनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

    मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरेकी थिइन् ।

    भेटका अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेको क्यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन् ।

    साथै गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

    पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ओहोदाको प्रमाणपत्र प्रदान समारोहमा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारी र नेपाली दूतावासका कर्मचारीहरूको पनि उपस्थिति थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्